१७ अप्रेलः ग्रामीण युवा खेलकुद संघ, मार्गरेट्स होप एण्ड रिंगटोंगको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा पहिलो राउण्डको खेल शुरु भएको छ। आइतवार राजदल बस्ती खेल मैदान, रिंगटोंगमा भएको पहिलो म्याचमा कलेज भेल्लीले साधांशु ७ पक्का लाइनलाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा लिम्बु बस्ती युनाइटेड (तकभर)-ले गोटखर्का मूण्डालाई ५-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टका म्याचहरू प्रत्येक हप्ता शनिवार र आइतवार हुनेछ। यसबाहेक प्रत्येक सरकारी छुट्टीका दिनहरूमा पनि म्याच खेलाइनेछ।