सेरि एःयुभेण्टसको लगातार दोस्रो हार

IMG-20230417-WA0103.jpg

१७ अप्रेलः इटालियन सेरि ए फूटबलमा अझ एउटा हारको सम्मुखीन भएर युभेण्टस शीर्ष चारमा सामेल रहने रेसमा अझ पछाड़िन पुग्यो। आइतवार राति खेलिएको म्याचमा सासुओलोले युभेण्टसलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा सासुओलेलाई म्याचको एकमात्र गोल ग्रेगोइर डेफ्रेलले ६४औं मिनटमा दिलाए। सेरि ए-मा यो युभेण्टसको लगातार दोस्रो हार हो। यस हारपछि टीम ३० वटा म्याचमा ४४ पोइण्ट लिएर सातौं स्थानमा रहन पुग्यो। यसरी १०औं स्थानमा रहने सासुओलोसँग ४० पोइण्ट रहेको छ। यसबीच रोमाले उडिनिस विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। म्याचमा एडोआर्डो बोवेले ३७औं, लोरेञ्जो पेल्लेग्रिनीले ५५औं अनि टम्मी अब्राहमले स्टपेज टाइमको पहिलो मिनटमा गोल गरे। यस जीतपछि रोमा ५६ पोइण्टको साथ तेस्रो स्थानमा पुग्यो। उडिनिस ३९ पोइण्ट लिएर १२औं स्थानमा रहेको छ। तोरिनो र सालेरनिटानाबीच खेलिएको अन्य एउटा म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement