ला लीगाःएट्लेटिको म्याड्रिडको जीत, बार्सिलोनाको ड्र

IMG-20230417-WA0098.jpg

१७ अप्रेलः स्पेनिश ला लीगा फूटबलमा च्याम्पियन बन्ने रेसमा सबैभन्दा अघि रहने बार्सिलोना लगातार दोस्रो म्याचमा ड्र-को सम्मुखीन भयो। यसरी एट्लेटिको म्याड्रिडले चाहिँ रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनालाई गेटाफेले गोलरहित ड्र (०-०)-मा रोक्यो। बार्सिलोनाले गत हप्ता गिरोना विरुद्ध पनि गोलरहित ड्र खेलेको थियो। गेटाफेको होम ग्राउण्डमा ६७ प्रतिशत पोजेशनको साथ खेल्दै बार्सिलोनाले लगातार प्रयास गरे पनि गोल हासिल गर्न सकेन। यस ड्र पछि बार्सिलोना २९ वटा म्याचा ७३ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी गेटाफे ३१ पोइण्टको साथ १५औं स्थानमा रहेको छ।
यसबीच एट्लेटिको म्याड्रिडले अल्मेरिआ विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड सिभिटास मेट्रोपोलिटन स्टेडियममा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट दुवै गोल एण्टोनी ग्रीजम्यानले छिराए। फ्रान्सका यस दिग्गज स्ट्राईकरले पाँचौं र ४३औं मिनटमा गोल गरे। यसरी अल्मेरिआबाट लिओ बाप्तिस्ताओले ३७औं मिनटमा गोल गरे। यस जीतपछि एट्लेटिको म्याड्रिड ६० पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। अन्य एउटा म्याचमा सेविलेले दशजना खेलाड़ीमा सीमित भेलेन्सियालाई २-०-ले पराजित गऱ्यो।

About Author

Advertisement