१७ अप्रेलः ईंग्लिश प्रीमियर लीगमा शीर्ष स्थानमा रहने आर्सनलले लगातार दोस्रो म्याचमा पोइण्ट बाँड़्नु पऱ्यो। यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ लगातार तेस्रो जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा आर्सनललाई वेष्ट ह्यामले २-२-को ड्र-मा रोक्यो। वेष्ट ह्यामको होम ग्राउण्ड लण्डन स्टेडियममा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले दश मिनटभित्रै २ गोलको बढ़त हासिल गरेको थियो तर होम टीमले रहल समयमा लगातार २ गोल हासिल गर्दा म्याच ड्र भयो। आर्सनललाई गेब्रिएल जीससले सातौं मिनटमा बढ़त दिलाए। त्यसको तीन मिनटपछि मार्टिन ओडेगार्डले अझ एक गोल गरी आर्सनललाई २-०-को बढ़त दिलाए। वेष्ट ह्यामबाट पहिलो गोल सेड बेनराहमाले ३३औं मिनटमा पेनल्टीबाट गरे। त्यसपछि जेरोड बोवेनले ५४औं मिनटमा अझ एक गोल गरी होम टीमलाई २-२-को बराबरीमा पुऱ्याए। यस ड्र पछि शीर्ष स्थानमा रहने आर्सनलको ३१ वटा म्याचमा ७४ पोइण्ट पुग्यो अनि अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा केवल ४ पोइण्ट अधिक रहेको छ। यसबाहेक सिटीले एउटा म्याच पनि कम्ती खेलेको छ। यसरी वेष्ट ह्याम ३० वटा म्याचमा ३१ पोइण्ट लिएर १५औं स्थानमा रहेको छ।
यसरी नै म्यानचेष्टर युनाइटेडले नटिंघम फरेष्ट विरुद्ध म्याचमा २-०-ले जीत हासिल गऱ्यो। म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडबाट एण्टोनीले ३२औं मिनटमा पहिलो गोल गरे। त्यसपछि डिओगो डेलोटले ७६औं मिनटमा अझ एक गोल गरी युनाइटेडको जीत सुनिश्चित गरे। यस जीतपछि म्यानचेष्टर युनाइटेड ३० वटा म्याचमा ५९ पोइण्टको साथ तेस्रो स्थानमा पुग्यो। यसरी नटिंघम फरेष्ट ३१ वटा म्याचमा २७ पोइण्ट लिएर १८औं स्थानमा रहेको छ।









