कालचिनीः सोमबार बिहान प्रायः ५.३० बजी कालचिनी खण्डको अठियाबारी चियाबारीको १६ ए सेक्सनमा बन विभागद्वारा राखिएको फलामे पिञ्जड़ामा एउटा चितुवा फसेको थियो भने चितुवा हेर्न गाउँलेहरूको भीड़ जमेको थियो। घटनाको जानकारी पाएर घटनास्थलमा बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका हेमिल्टनगञ्ज रेञ्ज अनि निमती रेञ्जका बनकर्मीहरूले उक्त चितुवालाई पिञ्जड़ा सहित सकुशल उद्धार गरेर प्रथमत राजाभातखावा स्थित पशु चिकित्सा केन्द्रमा लगेर प्राथमिक उपचार गरेको थियो।
उपचार पश्चात उक्त चितुवालाई बक्सा जंगलको कोर क्षेत्रमा लगेर छोड़िएको बक्सा ब्याघ्र प्रकल्प सुत्रले जनाएका छन्।
पिञ्जड़ामा परेको उक्त वयस्क मादा चितुवा रहेको र कमान प्रबन्धनपक्षले निमती रेञ्जलाई कमानको सेक्सनमा पिञ्जड़ा राख्ने निवेदन अनुरुप राखिएको पिञ्जड़ामा चितुवा फसेको एवम् अन्य चिसाबारीहरूमा पनि यस्तै पिञ्जड़ा सम्बन्धित कमान प्रबन्धनपक्षको आवेदनमा राखिएको बन विभागले जनाएका छन्।