कालचिनीः जयगाउँ थाना अन्तर्गत जीएसटी नाका जाँच भानुभक्त मोड़ क्षेत्रबाट आईताबार राती प्रायः ९ बजी पुलिसले जयगाउँबाट कालचिनीतर्फ आइरहेको एउटा मोटरबाइकलाई रोकेर जाँच गर्दा उक्त मोटरबाइकमा सवार कालचिनी आउट डिभिजन निवासी पुरण भुजेललाई दुईवटा झोलामा लुकाएर राखेको भोटाङ व्हिस्की ४३ बोतल सहित पक्राउ गरेको थियो।
पक्रा परेका आरोपी युवकलाई सोमबार जयगाउँ थानाको पुलिसबलले अलिपुरद्वार जिल्ला अदालतमा पठाएको जनाएको छ।
पुलिस सुत्रले बताएअनुसार अवैद्य रुपमा भोटाङबाट आयातित रक्सी विरुद्धको अभियान जारी रहने छ।