१६ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल)-को १६औं सीजनको म्याचमा राजस्थान रोयल्सले गत सीजनको च्याम्पियन गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गऱ्यो। आइतवार अहमदाबादमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो। डेविड मिलरले ३० बलमा ३ वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ४६ रन बनाए। यसबाहेक शुभमन गिलले ४५, कप्तान हार्दिक पाण्ड्याले २८, अभिनव मनोहरले २७ र साई सुदर्शनले २० रन बनाए। राजस्थान रोयल्सका बलरहरूमा सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए। जवाफमा रोयल्सले १९.२ ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएर जीत हासिल गऱ्यो। कप्तान सञ्जु सेमसनले ६ वटा छक्का र ३ वटा चौकाको साथ ३२ बलमा सर्वाधिक ६० रन बनाए। यसबाहेक शिमरोन हेटमायरले ५ वटा छक्का र २ वटा चौकाको साथ अविजित ५६ रन बनाए। गुजरातका बलरहरूमा मोहम्मद शमीले सर्वाधिक ३ विकेट लिए।