माझीगाउँमा अग्नि नियन्त्रणबारे प्रदर्शनी

IMG-20230416-WA0312.jpg

गान्तोक: अग्नि सुरक्षा सप्ताहको अवसरमा रम्फू फायर स्टेसनले माझीगाउँमा प्रदर्शनी तथा सचेतना कार्यक्रम आयोजना गरेको थियो। लाको डा लेप्चा, चुङमिथ लेप्चा, पेम्पा डा तामाङ, चन्द्र बहादुर बराइल र किरण गुरुङले पोर्टेबल आगो निभाउने यन्त्रको ह्यान्डलिङ सम्बन्धी जनचेतनामूलक प्रदर्शन गरे। यस क्षेत्रका बासिन्दाहरूलाई विभिन्न प्रविधिहरूबारे प्रस्तुति दिएका थिए। हप्ताभरको अवलोकनका क्रममा रम्ङ्गू ङ्गायर स्टेसनले निजी तथा सरकारी प्रतिष्ठानहरूमा रहेका अत्यावश्यक प्रतिष्ठानहरूको निरीक्षण गर्नेछ। अधिकार क्षेत्र भित्र र आगो सुरक्षा जागरूकता कार्यक्रमहरू आयोजित गरिनेछ। रम्ङ्गू ङ्गायर स्टेशनका अधिकारीहरूले मानिसहरूलाई आ-आफ्नो स्थान र क्षेत्रहरूमा मर्मत र जॉंच गर्न अपील गरेका छन्‌ ताकि यसले आपतकालीन समयमा मद्दत गर्नेछ। उनीहरुले जंगलमा लागेको आगलागीलाई बेवास्ता नगरी यस्ता घटना रोक्न र समाजलाई आगलागीमुक्त बनाउन सहयोग गर्न आग्रह गरेका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement