नाम्फिङ जीपीयूले पालन गऱ्यो ८औं वरिष्ट नागरिक दिवस

IMG-20230416-WA0308.jpg

गान्तोक: दक्षिण सिक्किमको तिमी नाम्फिङ समष्टिन्तर्गत नाम्फिङ जीपीयूले आज 8औं वरिष्ट नागरिक दिवस आयोजन गऱ्यो। अर्कोतिर यसै कार्यक्रमको अवसर पारेर सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको जनकल्याण प्रकोष्ठले निःशुल्क स्वास्थ्य जाँच शिविर पनि लगाएको थियो। कार्यक्रममा क्षेत्र विधायक तथा सिक्किम सरकारका पर्यटन मन्त्री बीएस पन्त मुख्य अतिथि रहेका थिए। उल्लेखनीय छ, नाम्फिङ जीपीयू-ले यसरी नै प्रत्येक वर्ष वरिष्ट नागरिकहरूलाई अभिनन्दन जनाउँदै आएको छ। आजको कार्यक्रममा क्षेत्रका वरिष्ट नागरिकहरू साथै समाजसेवी सिर्जना सुब्बा साथै अन्य केही विशिष्ट व्यक्तिहरूलाई पनि अभिनन्दन जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले यस विशेष कार्यक्रममा सहभागी बन्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै यसरी वरिष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रमको आयोजन गरेकोमा नाम्फिङ ग्राम पञ्चात एकाइलाई बधाई दिए। यसरी नै राज्य सरकारले राज्यवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने गरेकोले आज वरिष्ट नागरिक दिवसको अवसरमा स्वास्थ्य शिविर पनि आयोजना गरिएको उनले बताए। आजको कार्यक्रमा स्थानीय कलाकारहरूले विविध साङ्गीतिक प्रस्तुती दिए भने नेपालबाट आएका दोहोरी गायकहरूले पनि मानिसहरूलाई मनोरञ्जन गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement