दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आज सुकिया-मानेभन्ज्याङ समष्टि अन्तर्गत बतासे बस्तीको भ्रमण अवधिमा अजय एडवार्ड्सलाई भब्य स्वागत गरियो। स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई समाज घरमा भब्य स्वागत जनाए। यस अवधि बतासे बस्तीका बाल- बालिकाहरूदेखि लिएर युवा-युवती, वृद्ध-वृद्धाहरूसम्मको अपार उपस्थिति रहेको थियो। उपस्थित भीडले हाम्रो पार्टी जिन्दाबाद, अजय एडवाडर्स जिन्दाबाद आदि जस्ता नाराहरू लगाए। उपस्थित भीडलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले, हाम्रो पार्टी भनेको जनताको पार्टी हो,जनताको हरेक दुखमा अनि समस्याहरूमा हाम्रो पार्टी खडा भएको हुनेछ भने।उनले अघि भने -हाम्रो पार्टी विधानको शीर्षमा छुटटै राज्यको मांगलाई प्राथमिकताका साथ राखिएको छ।हाम्रो पार्टीले गोर्खा जातिको जातिय मुद्धा संगसंगै क्षेत्रिय विकाशलाई पनि प्राथमिकता दिनेछ।तिनले अझै भने- ‘”हाम्रो पार्टी भनेको परिवार हो।मुख अगाडि नै नेपाली भाषीहरूलाई अनुप्रवेशकारी हो भन्दा पनि चूपचाप बस्ने हाम्रो पार्टी होइन। जाति र क्षेत्रको निम्ति हाम्रो पार्टी वचनबद्ध रहेको अध्यक्ष अजय एडवाडर्सले बताए।