आरएसएमा सङ्गीतकार एसके प्रधानसॅंग भेट कार्यक्रम सम्पन्न

Untitled-1-copy-83

गान्तोकः रेमन्ती सङ्गीत एकाडेमी (आरएसए) ले आज तादोङस्थित आफ्नो संस्थानमा पूर्व सचिव एवं सङ्गीतकार एसके प्रधानसॅंग भेट कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा एकाडेमीका विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो।

सङ्गीतकार प्रधानले सङ्गीतप्रति उनको प्रेम र सङ्गीतको क्षेत्रमा उनका प्रारम्भिक दिनहरूको बारेमा जानकारी गराए। यस अवसरमा सङ्गीतकार प्रधान तथा संस्थानका विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। एकाडेमीकी संस्थापक रेमन्ती राईले संस्थानको स्थापना वर्ष २०१७ मा भएको र संस्थानको उद्देश्य सङ्गीतमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको बताइन्। उनले संस्थान ट्रिनिटी स्कूल अफ् लन्डनसॅंग आबद्ध रहेको र संस्थानबाट अहिलेसम्म विभिन्न विधामा एक हजारभन्दा धेरै पासआउट भइसकेको जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement