गुवाहाटी: गुवाहाटीको मालीगाउँ क्षेत्रमा एक युवकको शरीरमा छूरी घोचेर हत्या गरेको छ। पुलिसले जानकारी गराएको छ, हिजो राति गाउँ स्टेडियममा बिहूको कार्यक्रमको आयोजना गरिएको थियो।यही अवधिमा केही युवकहरूले मिलेर रोहित कुमार गामी नाम गरेको युवकमाथि धारिलो छुरीले हमला गरे जसले गर्दा युवकको मृत्यु भयो।
घटनाको समय रोहितको केही युवकहरूको साथ झगड़ा भएको थियो। गम्भीर रूपमा घाइते रोहितलाई एफआरयू लगियो, जहाँ उसको गम्भीर अवस्था देखेर डाक्टरहरूले गुवाहाटी मेडिकल कलेज एण्ड अस्पताल रेफर गरे। जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरे। घटनाको खबर पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले यस मामिलामा आदिमगिरीको एक युवकलाई सोधपुछको निम्ति हिरासतमा लिएको छ। हिरासतमा लिएको युवकको पहिचान राहुल वैद्यको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको गम्भीरताले जाँच गरिरहेछ।