प्रयागराजः माफिया अतीक अहमद र उनका भाई अशरफको शनिवार राति गोली ठोकेर हत्या गरिएको छ। यस मामिलामा तीन आरोपित लवलेश तिवारी, सनी र अरुण मौर्यालाई पक्राउ गरिएको छ। उनीहरूले अतीक जस्तै डन बन्न चाहेको कुरा स्वीकार गरेका छन्।
माफिया अतीक र अशरफको हत्यालाई लिएर जिल्लामा पुलिसको सतर्कता बढाइएको छ। धारा १४४ लागू गर्दै संवेदनशील र अतिसंवेदनशील क्षेत्रहरूमा पुलिसले पेट्रोलिङ गरिरहेको छ। रातिदेखि नै इन्टरनेट सेवा बन्द गरिएको छ। पुलिसका उच्च अधिकारीहरूले प्रयागराजमा डेरा जमाएका छन्। लखनउबाट पनि वरिष्ठ अधिकारीहरू आइरहेका छन्।
अर्कोतिर, पक्रा पर्ने तीनै आरोपितसॅंग पुलिसले सोधपुछ गरिरहेको छ। हत्यामा गरिएको मोटर साइकल, पेस्तोल जफत गरिएको छ। प्रारम्भिक सोधपुछमा थाहा लागे अनुसार, उनीहरू अतीक जस्तै ठूलो डन बन्न चाहन्थे। उनीहरू पनि अतिकले जस्तै शौक गर्न चाहन्थे। उसलाई मारेर नै उनीहरू ठूलो डन बन्न चाहन्थे।