राम्रो कामको पनि प्रचार हुनुपर्छ: उदय देवान

51d063ad-7899-48fe-9d3f-d13f74335314-2

दार्जीलिङ: सुकेपोखरी-मानेभञ्ज्याङ समष्टिअन्तर्गत पर्ने अप्पर टिफिनडाँड़ादेखि  कोतवाली गाउँसम्म पुग्ने चार किलोमीटरको गाड़ी गुड्ने सडक, जो २०२० मा ५ करोड १५ लाख रुपियाँमा आरआईडीएफ स्किमअन्तर्गत शुरू भएर २०२१ मा बनेर चलनमा आएको थियो। जसको उद्घाटन यही ८  अप्रेल २०२३ को दिन जीटीए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट सम्पन्न भएको थियो। उक्त सडक निर्माण कार्य भगवती कन्स्ट्रक्सनले गरेको हो।सडक निर्माणले अप्पर टिफिनडाँडा, भोटेबस्ती, लोअर टिफिनडाँडा अनि कोतवाली गाउँका लगभग २५०० जना बासिन्दाहरू लाभान्वित बनेका छन्।

उक्त सडकको सम्बन्धमा सुकेपोखरी-मानेभञ्ज्याङ समष्टिका सभासद उदय देवानले, यो सडक निर्माण धेरै राम्रो प्रकारले भएको साथै सहीरुपमा कार्य भएको बताउँदै सम्पूर्णलाई धन्यवाद दिएका छन्। उनले जीटीए क्षेत्रमा धेरै राम्रा कामहरू पनि भइरहेको तथापि यस्ता राम्रा कामहरूको प्रचार प्रसार नभएको, खाली भत्केका संरचना बाटो-घाटोका कुराहरू मात्र जनता समक्ष पस्किने कार्य भएकोले जनता यस्ता राम्रा कामहरू प्रति अनभिज्ञ रहेको साथै विपक्षीहरुले नराम्रा कुराहरूको विषयमा मात्र जनता समक्ष जानकारी प्रस्तुत गरेर जीटीएकाे कार्यमा प्रश्नचिन्ह खडा गर्ने कार्य गरेको बताए। सभासद देवानले जीटीए क्षेत्रभरी भइरहेको कामहरूमा कन्स्ट्रक्सन कम्पनी अनि ठेकेदारहरुले कामप्रति अवहेलना नगरी राम्रोसँग काम गरिदिएर दार्जीलिङ पहाडलाई समृद्धिको बाटोमा अग्रसर गराउने अपिल गरेका छन्। यो  सडकबाट लाभान्वित बनेका स्थानीय बासिन्दाहरूसँग कुराकानीको क्रममा सडक राम्रोसँग बनिएको साथै सम्पूर्ण गाउँका बासिन्दाहरू यस कार्यप्रति सन्तुष्ट रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement