गान्तोकः २१औं मुख्यमन्त्री गेल्डकप आर्चेरी प्रतियोगिता आइतवारदेखि गान्तोकको ताथाङ्चेनमा शुरु भएको छ। सिक्किम आर्चेरी एसोसिएशनद्वारा आयोजित यस प्रतिगोगितामा भोटानबाट नौवटा र पश्चिम बङ्गालबाट एउटा दलसहित कुल ३६ दलको सहभागिता रहेको छ। खेलको उद्घाटन अवसरमा सिक्किम सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका मन्त्री कुङ्गा निमा लेप्चाको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री लेप्चाले मुख्यमन्त्री आर्चेरी प्रतियोगिताको माध्यमबाट राज्यमा आर्चेरी खेलको विकासमा टेवा पुगिरहेको बताए। यस खेलको सम्भावनालाई ध्यानमा राखेर सरकारले गत वर्षदेखि सिक्किम आर्चेरी एसोसिएशनलाई पनि वार्षिक अनुदान दिन थालेको जानकारी दिए। पारम्परिक आर्चेरी खेलको आधारमा आयोजन गरिने मुख्यमन्त्री गोल्ड कप प्रतिययोगिताले राम्रो ख्याति कमाउन सकेको जानकारी दिँदै विशेष गरेर भुटान र लगायत अन्य क्षेत्रका खेलाडीको सहभागिताले स्थानीय प्रतिभालाई प्रोत्साहन मिल्ने मन्त्री लेप्चाले विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्री स्वर्ण कप प्रतियोगिताले खेलसितै सद्भावना पनि बढेर जाने पनि लेप्चाले विश्वास व्यक्त गरेका छन्। सिक्किम सरकारले तरुणदीप राई आर्चेरी एकाडेमी निर्माण गर्ने पनि पहल शुरु गरेको उनले बताए। नाम्ची जिल्लाको किचुडुम्रामा निर्माण गरिने यस एकाडेमीका लागि सरकारले पहिलो किस्तामा 30 करोड रुपियाँ अनुमोदन गरिसकेको जानकारी दिए। उनले आगामी ओलम्पिकमा सिक्किमबाट आर्चेरीमा केही खेलाडीले स्थान बनाउन सफल हुनेछन् भन्ने उनले विश्वास व्यक्त गरे। उद्घाटन अवसरमा बोल्दै आयोजक समितिका अध्यक्ष जिग्मी वाई. लेप्चाले मुख्यमन्त्री आर्चेरी गोल्ड कप प्रकतियोगिताको विशेषताबारे जानकारी दिए। पारम्परिक रूपमा खेलाइने यस प्रतियोगितालाई केही आधुनिक रूप पनि प्रदान गरिॅंदै आएको र अहिले आधुनिक इक्युप्मेन्ट प्रयोगमा ल्याइन थालेको लेप्चाले बताए। यो पारम्परिक खेललाई विकास गराउन गान्तोक बाहेक अन्य क्षेत्रमा पनि फिल्ड निर्माण गर्न सकिए धेरै फाइदा पुग्ने उनको भनाइ छ।