गान्तोक: लुम्से, तादोङमा अज्ञात व्यक्तिद्वारा पीड़ितको घरबाट नगदसहित गर-गहना चोरी गरिएको छ। पुलिस रिपोर्ट अनुसार, घटना गत मंगलवार घटेको हो। अज्ञात आरोतिप (हरू) घरको दैलो तोड़ेर भित्र पसे अनि घरबाट ८.५ तोला सुनका गहना, एउटा हिराको औंठी, चालिस हजार नगद तथा अन्य सर-सामग्री चोरी गरे। पुलिसले अज्ञात आरोपित विरूद्ध मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।