कुचबिहारः बेलूर मठबाट निस्केको शाश्वत भारत रथ आइतवार माथाभाङ्गा शहरको परिक्रमा गऱ्यो। यस दिन शोभायात्रापछि श्री श्री रामकृष्ण सेवा सदनमा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको साथ सेमिनारको पनि आयोजना गरियो। सेमिनारमा श्री रामकृष्ण मिशनका सन्यासी प्रभलानन्दजी महाराज एवं सुदीप महाराज सामेल थिए। वस्तुतः देशभरिमा भ्रमण गरी रथ शनिवार माथाभाङ्गा शहर स्थित श्री श्री रामकृष्ण सेवा सदन पुगेको थियो। श्री रामकृष्ण सेवा सदनका सदस्यहरू र भक्तहरूले माथाभाङ्गा शहरमा रथको स्वागत गरे।
सेवा सदनका सचिव सुधान्शु दासले भने, २०१३ मा बेलूर मठको पहलमा स्वामीजीको भावनालाई पूरा देशमा फैलाउनका निम्ति रथ परिक्रमा शुरू गऱ्यो। यस वर्ष रथ उत्तर बंगालका विभिन्न जिल्लाहरू हुँदै शनिवार फालाकाटा हुँदै माथाभाङ्गा शहर पुग्यो। जसपछि आज रथले शहरको परिक्रमा गऱ्यो। शोभायात्रापछि श्री श्री रामकृष्ण सेवा सदनमा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको साथ सेमिनारको पनि आयोजना गरिएको छ।