राज्यपाल आचार्य रानी लक्ष्मीबाई कलेज फर वुमनको वार्षिक महाविद्यालय दिवसमा सहभागी बने

12w

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज दिल्ली विश्वविद्यालयको रानी लक्ष्मीबाई कलेज फर् वुमनको वार्षिक महाविद्यालय दिवस समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बने। दीप प्रज्जवलनका साथ शुरू गरिएको कार्यक्रममा महाविद्यालयका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। राज्यपालले पूर्वोत्तर राज्यका विद्यार्थीहरूसॅंग अन्तरक्रिया गर्दै उनीहरूलाई दृढ़ संकल्प र उत्साहका साथ शिक्षा आर्जन गर्न प्रोत्साहन प्रदान गरे।

राज्यपालले विद्यार्थीहरूको जोश र समर्पणको प्रशंसा गर्दै आफ्नो सपनालाई कहिल्यै नछोड्न आग्रह गरे। आफ्नो सपनालाई आकार दिन स्वयंलाई सशक्त अनि सक्षम सम्झन पनि उनले सुझाउ दिए। उनले रानी लक्ष्मीबाईको विरासत युद्धको मैदानमा उनको बहादुरी मात्र होइन भनी बताए। उनले रानी लक्ष्मीबाई दूरदर्शी थिइन् र देशका महिलाहरूको जीवनमा सुधार ल्याउन अथक प्रयास गरेको बताए। उनले विद्यार्थीहरूलाई रानी लक्ष्मीबाईको जीवनबाट प्रेरणा लिएर देशवासीहरूको उज्जवल भविष्यका लागि काम गर्ने आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement