९ वर्षिया बालिकामाथि यौन दुष्कर्मको आरोपमा वृद्ध पक्राउ

IMG-20230416-WA0310.jpg

गान्तोक: ९ वर्षिया बालिकासित यौन दुष्कर्मको आरोपमा सदर पुलिसले एकजना ६३ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रकाअनुसार ओरोपी मूल रुपमा बिहार निवासी हुन् भने हाल गान्तोकको आरिथाङमा दोकान चलाउँदै आएका छन्। घट्नाक्रमअनुसार हिजो बालिकाको एकजना शिक्षिका उनको अभिभावकलाई भेट्न घरमा आएकी थिइन्। अभिभावकसित कुराकानीको क्रममा शिक्षिकाले बालिकासित यौन दुष्कर्म भएको शङ्का जाहेर गरिन्। वस्तावमा कक्षामा “गुड टच-ब्याड टच” अर्थात सही स्पर्श-गलत स्पर्श बारेमा विद्यार्थीहरूलाई बताउने क्रममा बालिकाले आफूलाई आरोपी व्यक्तिले गलत उद्देश्यले स्पर्श गर्ने गरेको शिक्षिकालाई बताएकी थिइन्। पछि अभिभावकहरूले बालिकासित यस बारेमा सोधिखोजी गर्दा उनीहरूको घर छेउमै दोकान चलाउने आरोपीले उनको संवेदनशील अङ्गहरूमा स्पर्श गर्ने गरेको बताएकी थिइन्। यस बारेमा बिलाककी आमाले सदर थानामा प्राथमिकी दर्ता गरेपछि पोक्सो कानूनअतर्गत मामिला दर्ता गरेर आरोपीलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement