दलाई लामाको छवि खराब गर्ने चीनको षड़यन्त्रः किशन कपूर

dalai-lama-1.jpg

धर्मशाला: कांगड़ा चम्बा लोकसभा क्षेत्रबाट सांसद किशन कपूरले गत साता तिब्बतीहरूका धर्मगुरू महामना दलाई लामाको सोशल मीडियामा छवि खराब गर्ने प्रयासलाई धर्मगुरू विरूद्ध चीनको षड्यन्त्र ठहर गरेका छन्। उनले भने, धर्मगुरू दलाई लामाको दोस्रो घर हिमाचलवासीहरू यस दुष्प्रचारले अत्यन्त आहत छन् र यस सम्बन्धमा भारत सरकारसित दोषीहरू विरूद्ध सख्त कारबाही गर्ने अनुरोध गर्छन्। आइतवार जारी एक प्रेस वक्तव्यमा सांसद किशन कपूरले भने, धर्मगुरू दलाई लामाले तिब्बतबाट निर्वासनपछि धर्मशालाको मैकलोडगंजलाई आफ्नो दोस्रो घर बनाए। तिब्बतको निर्वासित सरकारको मुख्यालय यहाँ स्थापित गरे तथा तिब्बतको आजादीको निम्ति आफ्नो संघर्ष यहीबाट जारी राखे। धर्मगुरूले विश्वमा शान्तिको सन्देश फैलाए औं आज उनका अनुयायी विश्वका कुना कुनाबाट उनको दर्शनाथ मेक्लोडगंज पुग्छन्। उनले भने, धर्मगुरू यहाँ बसेकोले यस क्षेत्रमा पर्यटनलाई पनि प्रोत्साहन मिलेको छ। उनले सदैव मानवीय मूल्यहरूको सम्मानको वकालत गरेका छन्। उनको विषयमा दुष्प्रचार अतार्किक र असंगत हो र यसको जतिपनि निन्दा गरियोस् कम छ।

About Author

Advertisement