सरोज भूजेलले पाए संसद भवनमा अम्बेडकर जयन्तीमा सहभागी बन्ने अवसर

1333

गान्तोकः दक्षिण सिक्किमको टोकल-बर्मेक निवासी सरोज भूजेलले देशको संसद भवनमा आयोजित अम्बेडकर जयन्तीमा डा. बीआर अम्बेडकरलाई श्रद्धाञ्जली अर्पित गर्ने अवसर पाए। गत १४ अप्रेल अम्बेडकर जयन्तीमा आयोजित कार्यक्रममा सहभागी बन्न देशका प्रत्येक राज्यबाट एक-एक प्रतिनिधिलाई चयन गरिएको थियो। सरोज भूजेल सिक्किमलाई प्रतिनिधित्व गर्दै उक्त कार्यक्रममा सहभागी बने।

उनले संसद भवनमा लोक सभा अध्यक्ष ओम बिरलासॅंग भेट गर्ने अवसर पाए। यसावधि, राज्य अनि राज्यको उत्थानको विषयमा चर्चा गरेको बताइएको छ। यस अतिरिक्त, अध्यक्ष बिरलाले सिक्किमको जातीय संस्कृति र परम्पराहरूप्रति रूची देखाएको भूजेलले विज्ञप्तिमा उल्लेख गरेका छन्। कुमार भूजेल र मीना भूजेलका सुपुत्र सरोज एमएससी गर्दैछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement