अलिपुरद्वार: कालचिनीका विधायक विशाल लामा कालचिनी ब्लकको दिमा चिया बगानमा धरना प्रदर्शन गरिरहेका दिलीप राईको समर्थनमा उभिएका छन्। विधायकले आइतबार धरनास्थल पुगेर धरनामा बसेका कार्यकर्ता दिलीप राई र उनको परिवारसँग कुराकानी गरे। दिमा चिया बगानमा दिलिप राईको धर्ना आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ ।यस विषयमा श्रम अधिकृतसँग छलफल गर्ने विधायक विशाल लामाले बताए । व्यवस्थापनले जे गरिरहेको छ, त्यो ठीकसँग नभएको उनको भनाइ छ ।