आईपीएल २०२३: खेरो गयो अय्यरको शतक, मुम्बई इण्डियन्स ५ विकेटले विजयी

IMG-20230416-WA0305.jpg

१६ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल)-को १६औं सीजनमा मुम्बई इण्डियन्सले लगातार दोस्रो जीत हासिल गऱ्यो। आइतवार खेलिएको दिनको पहिलो म्याचमा मुम्बई इण्डियन्सले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई ५ विकेटले पराजित गऱ्यो। मुम्बईको वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनायो। भेंकटेश अय्यरले तेस्रो नम्बरमा ब्याटिंग गर्दै ९ वटा छक्का र ६ वटा चौकाको साथ ५१ बलमा १०४ रन बनाए। यसबाहेक आन्द्रे रसेलले अविजित २१ र रिंकु सिंहले १८ रन बनाए। मुम्बई इण्डियन्सका बलरहरूमा ह्रितिक शोकीनले सर्वाधिक २ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले १७.४ ओभरमा ५ विकेट गुमाएर १८६ रनको लक्ष्यलाई सजिलै हासिल गऱ्यो।

ओपनर इशान किशनले ५ वटा छक्का र ५ वटा चौकाको साथ २५ बलमा सर्वाधिक ५८ रन बनाए। यसबाहेक कार्यवाहक कप्तान सूर्यकुमार यादवले ४३, तिलक वर्माले ३० र टिम डेविडले अविजित २५ रन बनाए। केकेआर-का बलरहरूमा सुयश शर्माले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement