मिरिक सौरेनीमा हर घर जल योजनाको शिलान्यास

IMG-20230416-WA0138.jpg

मिरिक: मिरिक खण्ड अन्तर्गत सौरेनी समष्टिका १०७२३ घरलाई ११७.४३ करोड रुपियाँको हर घर जल योजनाको शिलान्यास कार्यक्रम संम्पन्न भएको छ।आज मिरिकको सौरेनीमा जीटीए प्रमुख कार्यपाल अनित थापाले यसको शिलान्यास गरे। आज शिलान्यास गरिएको योजना रु ११७.४४ करोडको लागतमा रहेको बताइएको छ। हर घर जल योजना अन्तर्गत लोवर बीस ऐकर घैयाबारीका ८० परिवारको निम्ति ०.६९ करोड, मञ्जु फरेस्टका ९६० परिवारको निम्ति ११.२० करोड, सौरेनी चिया बगानका १९३८ परिवारको निम्ति १९.०७ करोड, सौरेनी बस्तीका ८५४ परिवारको निम्ति ९.५५ करोड, टिङलिङ चिया बगानका ९५५ परिवारको निम्ति १२.४७ करोड, पाटोङ चिया बगानका ६९७ परिवारको निम्ति ७.४३ करोड, न्यू फालोदी चिया बगानका १२४३ परिवारको निम्ति १४.४३ करोड, पूर्व अनि पश्चिम फूगडी चिया बगानका २१०० परिवारको निम्ति २५.२८ करोड अनि सिङ्गबुल चिया बगान, मञ्जु फरेस्ट अनि वरिपरिका १८९६ परिवारको निम्ति १७.३१ करोडको लागतमा सञ्चालन हुने योजनाको आबन्टन गरिएको छ। कुल १०,७२३ परिवारले पिउने पानी पाउनेछन् भने योजनाको कुल लागत ११७.४३ करोडको रहनेछ। अनित थापालाई सौरेनिवासीले बाजा-गाजाको साथ भव्य स्वागत जनाएका थिए। सभासद अरुण सिग्छिको नेतृत्वमा कार्यक्रमको आयोजना भएको थियो। थापाले विधिवतरूपमा योजनाको शिलान्यास गरे।

About Author

Advertisement