३२ घण्टापछि सीबीआईले पोखरीबाट उद्धार गर्यो तृणमूल विधायकको मोबाइल

AA19ThWh.jpeg

कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले मुर्शिदाबादको बरमानबाट तृणमूल कांग्रेसका विधायक जीवन कृष्णा साहाको मोबाइल फोन अन्ततः ३२ घण्टापछि उनको घर नजिकको पोखरीबाट उद्धार गरेको छ। यद्यपि, उनले आफ्नो दुई वटा मोबाइल फोन पोखरीमा फ्याँकेका थिए तर अहिलेसम्म केवल एउटै फोन उद्धार गर्न सकिएको छ। सीबीआई सूत्रहरू अनुसार, शुक्रवार रातिदेखि पम्पको माध्यमले पोखरीको पूरा पानी निकालिएपछि हिल्लोमा विधायकको मोबाइल फोन खोज्नु शुरू गरिएको थियो। आइतवार बिहान एउटा फोन उद्धार गरिएको छ जबकि दोस्रो फोन अहिलेपनि भेटिएको छैन। त्यही अर्कोतिर आइतबार पूर्वाह्न सीबीआईको टीम विधायकलाई लिएर बाथरूम र छप्परमा गयो, जहाँबाट उनले मोबाइल फोन फ्याँकेका थिए। घटनाको पुनर्निर्माण गराइएको छ। सीबीआई अधिकारीहरूलाई देखेपछि उनले कुन प्रकारले भाग्ने प्रयास गरे, कसरी आफ्नो मोबाइल फ्याँके र के-के योजना बनाए, यसको पुनर्निर्माण गरिएको छ। यस बाहेक जुन मोबाइल फोन उद्धार भएको छ, विद्यापकलाई त्यो पनि देखाइएको छ। उनले सीबीआई सामू मोबाइल उनको हो र उनले नै पोखरीमा मोबाइल फ्याँकेका थिए भनी स्वीकार गरेका छन्। उल्लेख्य, शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सीबीआईको टीम जब शुक्रवार बरमानको ओन्दी क्षेत्र स्थित विधायकको घर छापामारी गर्न गएको थियो तब उनलाई घरमै बसाएर सोधपुछ शुरू गरिएको थियो बीचैमा आफू अस्वस्थ भएको बहाना बनाएर उनी बाथरूम गए औं त्यही भेन्टीलेशनबाट आफ्नो दुवै फोन छेवैको पोखरीमा फ्याँके। यस बाहेक सीबीआईले सोद्धा उनले छप्परबाट भाग्ने प्रयास गरे तबदेखि केन्द्रिय एजेन्सीका अधिकारीहरूले उनको घरको लगातार तलाशी लिइरहेका छन्। घरबाट दुई बोरा नियुक्ति सम्बन्धी दस्तावेज उद्धार भएको छ, जसमा परीक्षार्थीहरूको एडमिट कार्ड पनि सामेल छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *