अनलाइन सेक्स केट काण्डमा होटल म्यानेजर पक्राउ

Screenshot_20230416_192441_Samsung-Internet.jpg

सिलगढी: सिलगढीमा अनलाइन सेक्स ऱ्याकेट मामिलामा अझ एकजना व्यक्तिलाई पक्राउ गरेको छ।आज सिलगढी अदालतमा तिनीहरुलाई पेश गर्यो। पक्रा परेका व्यक्ति राजु भगत प्रधान नगरस्थित एउटा होटलमा म्यानेजरको रूपमा कार्य गर्दथे। सो मामिला पुलिसले हालसम्म मोठ ७ जनालाई पक्राउ गरिसकेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार होटल म्यानेजर राजु भगत अनलाइन सेक्स रेकेट गुटको मुख्य पात्र थिए। ग्राहकहरू होटलमा आएपछि राजुले ललिता बर्मन उर्फ चन्दनाको माध्यमद्वारा होटलमा युवतीहरू ल्याउने गर्थिन्। मोबाइलको माध्यमद्वारा सो कार्य सञ्चालन गर्ने गर्दथ्यो। स्मरण रहोस्, गत दिसम्बरमा सिलगढी मेट्रोपोलिटनको महिला थानाका आईसी मुमताज बेगमले बिहारमा बसेर अखिलेश कुमार नाम गरेका एकजना व्यक्तिले चन्दा साह उर्फ जयाको सहयोगमा अनलाइन सेक्स प्याकेट चलाउने गरेको खुलासा गरेको थियो। जाँच अवधि पुलिसले चन्दा साह उर्फ जया, मिजानुर इस्लाम उर्फ बाउ र सम्राट सरकार उर्फ विक्रमलाई पक्राउ गरेको थियो। पक्रा परेकाहरूसित सोधखोज गरेपछि पुलिसले गत २ फरवरीमा सो गुटको मास्टर माइन्ड अखिलेश कुमारलाई पक्राउ गरेको थियो। अखिलेशको बयान अनुसार गत २३ मार्चमा ललिता बर्मन उर्फ चन्दनालाई पनि भक्ति नगर थाना अन्तर्गत इलाकाबाट पक्राउ गरेको थियो। चन्दनासित पुलिसले सोधखोज गरेपछि सिलगढीको प्रधान नगर थाना अन्तर्गत एउटा होटलमा अनलाइन सेक्स प्याकेट चलाउने गरेको पुलिसले थाहा पाएपछि उक्त होटलका म्यानेजर राजु भगतलाई पक्राउ गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *