कोविड़ भारत: कोरोनाको सक्रिय मामिला बढेर ६०,३१३

IMG-20230316-WA0251.jpg

कोरोनाको ९,१११ नयाँ मामिला, २७ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ९,१११ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४८,२७,२२६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले गुजरातमा ६, उत्तर प्रदेशमा ४, दिल्ली र राजस्थान मा ३-३ जना, महाराष्ट्र मा २, केरला मा ४, बिहार, छत्तीसगढ, हिमाचल प्रदेश, झारखण्ड र तमिलनाडु मा १-१ जना गरी कुल २७ नयाँ मृत्युसँगै यस रोगका कारण मृत्यु हुनेको संख्या ५,३१,१४१ पुगेको छ। यसरी नै यस अवधिमा ६,३१३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४२,३५,७७२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६८% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ६०,३१३ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ५.६१ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ४.७८ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०८,४३६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,४१,६६,१२१ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा १९८ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२६,५२२ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement