भातखावा चियाबारीमा पीएचई कामको आरम्भ

799592dd-a2ac-4a84-b7d3-5d8c6c8752c6

कालचिनीः कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने भातखावा चियाबारीमा पिउने पानीको प्रकल्प अधीनस्थ पीएचई ट्याँकी र पाइपलाइन बसाउने कार्यको शिलान्यास भयो।उक्त अवसरमा भातखावा चियाबारीको सिनियर म्यानेजर टीएन पान्डे लगायत कमानको यूनियन प्रतिनिधि एवम् पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो। हर घर जल परियोजना अन्तर्गत राज्य सरकारले पीएचई मार्फत जल सर्वराहको काम प्रायः सम्पूर्ण ग्राम पञ्चायत अन्तर्गत पर्ने गाउँमा गरिरहेको छ भने भातखावा चियाबारीमा आईताबारबाट यसको काम शुरु भएकोमा कमान कर्तृपक्षले राज्य सरकार औ पीएचई विभागलाई धन्यवाद ज्ञापन गरेका छन्।
पीएचईबाट पठाईएको बोरिङ मेसीनद्वारा पाताल भेद्ने कामको शुरुवात अघि भातखावा चियाबारीको सिनियर म्यानेजर टीएन पान्डेले नरियल फुटाएर कामको शुभोद्घाटन गरेको थियो।सो अवसरमा गारोपाड़ाका समाजसेवी घुरन महलीले पिउने पानीको निम्ति सरकारद्वारा गरिएको यस पहललाई स्वागत जनाउँदै सरकारले जनसाधारणको निम्ति यो प्रकल्प शुरु गरेको र सबै गाउँले बासिन्दाहरूले यस काममा सहयोगिता जनाईदिने अनुरोध पनि गरेको छ। यता कमानको सिनियर म्यानेजर तथा सुपरिटेन्डेन्ट टीएन पान्डेले चियाबारीको हाटखोला लाईन, पाइपलाइन, गोदाम लाईन, बड़ा लाईन र सबै लाईनहरूमा पाइपलाइन गरेर घर घरमा पिउने पानी उपलब्ध हुने र यसले धेरै उपकार हुने भएकोले यसलाई चियाबारीमा ल्याईदिएकोमा यूनियन प्रतिनिधिहरू सबैमा आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement