जलपाइगढी: बेलाकोबा ग्रीन लभर्स एनजीओको पहलमा आइतवार नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजित गरियो। राजगञ्ज ब्लक अन्तर्गत मंतादारी क्षेत्रको उत्तर मंतादारी प्राथमिक विद्यालयमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा डा अनुराग दत्त र डा जहीर बुरहानले जनताको स्वास्थ्य परीक्षण गरेका थिए ।साथै शिविरमा ग्रीन लभर्स एनजीओका सदस्य तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक वीपी सिंह रायको उपस्थिति रहेको थियो । विभिन्न ठाउँमा यस्तै शिविरहरूको आयोजना गरिने संस्थाका अध्यक्ष अशोक दासले बताए। उनले शिविरमा स्थानीय जनताबाट निकै राम्रो प्रतिक्रिया पाएको समेत बताए ।यता , निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि यस क्षेत्रका बासिन्दा पनि खुसी भएका छन् ।दक्षिण मन्तदारी निवासी जहाँगिर आलमले भने, ‘अस्पताल टाढा भएकाले धेरैले स्वास्थ्य परीक्षण गराउन पाएका छैनन्, आज यहाँ आउन पाउँदा खुसी लागेको छ’।