रेलको ठक्करबाट अज्ञात महिलाको मृत्यु, आफन्तको खोजी गर्दै पुलिस

c6bcc257-0a32-42bf-a3a4-aedafe8da07a

उत्तर दिनाजपुर: रेलको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सनसनी फैलिएको छ । घटना आइतबार गोलपोखर पुलिस चौकी अन्तर्गत पञ्जीपाडा क्षेत्रमा भएको हो । रेलवे पुलिस स्रोतका अनुसार,गोलपोखर थाना अन्तर्गत पञ्जीपाडा क्षेत्रको रेल लाइनमा एक महिलाको शव बेवारिस अवस्थामा फेला परेको सूचना पाएपछि पुलिस घटनास्थल पुगेको थियो। उक्त अपरिचित महिलाको शवलाई रेलवे पुलिसले पोष्टमार्टमको लागि इस्लामपुर डिभिजन अस्पतालको शवगृहमा पठाएको छ । यसबाहेक ती महिलाले आत्महत्या गरेकी हुन् वा हत्या भएको हो भन्नेबारे केही खुल्न सकेको छैन । पुलिसले मृतक महिलाका आफन्तको खोजी गरिरहेको छ । रेलवे पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement