गान्तोक : सिक्किमकी एक प्रतिभावान चेली आफ्नो प्रतिभाको शिखर चुम्न अब केही दूरी टाडा मात्र छिन। पहिलो पटक सिक्किमकी फेमिना मिस इन्डिया जान्हवी शर्माले इतिहास रच्दै हाल मणिपुर, इम्फालमा आयोजित फेमिना मिस इन्डिया प्रतियोगिताको ‘टप १२’ मा स्थान बनाउन सफल भएकी छिन। जान्हवी शर्मा दीपक शर्मा र अनु प्रधानकी छोरी हुन्। उनी सिक्किम ग्लैमर वर्ल्डद्वारा आयोजित मिस टीन सिक्किम २०२३ को पहिलो रनर अप बिजेता हुन।