सिलगढी: लघु उद्योग भारती, लघु तथा साना उद्योगहरूको एक मात्र राष्ट्रव्यापी संस्था हो। यसका शाखाहरू देशभर कार्यरत छन् । लघु उद्योग भारतीका राष्ट्रिय सचिव प्रवीण अग्रवालले, भारतमा विश्व व्यापार संगठन र क्याटको चुनौतीका बेला देशका सबै औद्योगिक संस्थाले ठूला कर्पोरेट हाउसको हितका लागि सोच्न थालेको बताए । लघु तथा साना उद्योगको हितबारे सोच्ने राष्ट्रिय स्तरमा कुनै संस्था थिएन ।यस्तो बेला सन् १९९४ मा लघु उद्योग भारतीको स्थापना भयो । एक अन्तर्वार्तामा उनले, उत्तर बंगालमा यस संस्थाका करिब २०० सदस्य रहेको बताए । उनले आफ्नो संस्थाले एमएसएमई अर्थात् सूक्ष्म साना तथा मझौला उद्यम अन्तर्गत लघु तथा साना उद्योगमा बढी ध्यान केन्द्रित गरेको बताए । किनभने भारतमा कुल उद्योगको ९८ प्रतिशत लघु तथा साना उद्योग छन् ।कुल ३० प्रतिशत रोजगारी लघु तथा साना उद्योगबाट आउँछ । उनले भारतलाई अगाडि बढाउने हो भने उत्पादन बढाउनु पर्नेमा जोड दिए ।