सिलगढी: छिमेकी राष्ट्र नेपालमा जनजाति समुदायको अनुरोधमा सिरुवा महोत्सवमा सहभागी हुन जीसीपीए सुप्रिमो अनन्त महाराज पार्टीका नेता र कार्यकर्तासहित नेपाल प्रवेश गरेका छन्। यसदिन उनले नेपालका जनमानस समक्ष दुवै देशको भाषा ,संस्कृति,रहन -सहन सबैमा एकरूपता रहेको बताए साथै यसको मिलन हुने पनि बताए । सोही अवसरमा जीसीपीए सुप्रिमो अनन्त महाराजले उत्तर बंगालमा छुट्टै राज्यको मुद्दा दोहोऱ्याए।नेपालको सिरुआ महोत्सवमा सहभागी हुँदा उनले केन्द्र शासित प्रदेशको बारेमा मुख खोले । छुट्टै राज्यको बारेमा नयाँ कुरा भन्नु आवश्यक छैन। उत्तर बंगाललाई छुट्टै प्रदेश बनाउने निर्णय भइसकेको छ। स्वतन्त्रतापछि यहाँ कुनै विकास भएको छैन, यो पिछडिएको क्षेत्र हो । यो केन्द्र शासित प्रदेश बन्नेमा कुनै विवाद नै छैन। यसले अभूतपूर्व विकासको नेतृत्व गर्नेछ। अनन्त महाराज भारत–नेपाल सीमा खोरीबारी हुँदै नेपालको बिर्तामोडस्थित रामचोक पुगेका थिए ।