नेपालः सरकारलाई पूर्णता दिन प्रचण्डले गरे देउवा र नेपालसँग परामर्श

Untitled-1-copy-77

काठमाण्डौंः नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिनेबारे परामर्श गरेका छन्। उनले हिजो शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका दुई प्रमुख नेताहरु शेरबहादुर देउवा र माधवकुमार नेपालसँग परामर्श गरेका हुन्। प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद् विस्तारबारे नेताहरुबीच कुराकानी भयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन बाँकी मन्त्रीको नाम दिन काँग्रेस सभापति देउवासँग आग्रह गरेका थिए।

देउवाले काँग्रेसको भागवण्डामा परेकोमध्ये बाँकी केही मन्त्रीहरुको नाम दिएको बुझिएको छ। सरकारमा अझै ६ मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैले सम्हाल्दै आएका छन्। काँग्रेसबाट ४, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट एक र सीके राउत नेतृत्वको जनमत पार्टीले छाडेको एक मन्त्रालय गरी ६ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement