काँग्रेस सांसद एनपी साउद परराष्ट्रमन्त्री बन्ने

Untitled-1-copy-76

काठमाण्डौंः नेपालको विदेशमन्त्रीमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदलाई बनाउने तयारी भएको छ। उनलाई आज आइतवार नियुक्ति गरी शपथ गराउने टुंगो लागेको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, साउदलाई परराष्ट्रमन्त्री बनाउनेबारे सहमति बनेको हो। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट बाँकी मन्त्रीहरुको नाम पठाउनुपर्नेमा साउदको नाम पठाएको बुझिएको छ।

काँग्रेसले ८ मन्त्रालय पाउने सहमति अनुसार चार मन्त्री नियुक्त भइसकेका छन्। बाँकी ४ मन्त्रीको टुंगो लागिसकेको र त्यसमध्ये साउदलाई विदेशमन्त्री बनाउने तयारी भएको हो।साउद नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन्। उनी काँग्रेस सभापति देउवाका विश्वासपात्र हुन्।नेपालमा केपी शर्मा ओली नेतृत्वको सीपीएन यूएमएलले सरकारलाई समर्थन फिर्ता लिएपछि परराष्ट्र मन्त्रालय प्रचण्ड आफैमा सम्हाल्दै आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement