हर्टिकल्चर विभागबाट खरसाङमा अनारस र इस्कुसबाट जाम बनाउने प्रशिक्षण शिविर सम्पन्न

IMG-20230416-WA0178.jpg

खरसाङ: जीटीएको हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाईलीको विशेष पहलमा खरसाङको गिध्द पहाड़स्थित जीटीए सचिवालयमा अनारस र इस्कुसको जाम बनाउने प्रशिक्षण सम्पन्न भएको छ। खरसाङ टाउन क्षेत्र, चिमनी देवराली क्षेत्र र मंग्पु क्षेत्रबाट मानिसहरू आएर उक्त जाम बनाउने प्रशिक्षण शिविरमा भाग लिएका थिए। हर्टिकल्चर विभागको फुड प्रोसेसिङ अन्तर्गत सम्पन्न प्रशिक्षण शिविरमा प्रशिक्षण दिनलाई कोलकोताबाट एक्सपर्टहरू आएका थिए। कोलकोताबाट आएका दुईजना एक्सपर्टहरूमा रबीन मुखर्जी र इन्द्रानी दे उपस्थित रहेका थिए। दुवैले अनारस र इस्कुसबाट जाम बनाउने विधि विषयमा प्रशिक्षण दिएका थिए। विशेष गरी हिजो लिखित रूपमा ट्रेनिङ गराएर आज प्राक्टिकल ट्रेनिङ गराइएको थियो। उक्त प्रशिक्षण शिविरमा जम्मा २५-३० जनाले सहभागिता जनाएका थिए। उक्त प्रशिक्षण शिविरमा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली विशेष रूपमा उपस्थित रहेका थिए। उक्त प्रकारको प्रशिक्षण शिविर भोलि मिरिकको सौरेनीमा पनि आयोजना गरिने भएको छ भने भविष्यमा मानिसहरूका माग अनुसार विभिन्न स्थानहरूमा राखिने भएको छ। उक्त प्रशिक्षण शिविरमा अनारस र इस्कुसबाट जाम बनाएर सबैले चाखेपछि स्वादिष्ट रहेको सबैले बताएका छन्। खरसाङको वार्ड नम्बर १४ बाट प्रशिक्षण शिविरमा भाग लिन आएकी एकजना महिला पुष्पा शर्माले आजको प्रशिक्षण शिविर अन्त्यन्तै लाभ दायक रहेको र यसबाट हामीले पनि सिकेर घरमा बनाउने योजना रहेको बताइन्। विशेष गरी उनले यो प्रकारको प्रशिक्षण स्वनिर्भर दलको प्रतिनिधिहरूले गर्न सक्ने र स्वनिर्भर हुनलाई यो प्रकारको कार्य राम्रो रहेको बताइन्। उनले अनारस र इस्कुसबाट निकालिएको जाम स्वादिष्ट रहेको पनि बताइन्।

आजको प्रशिक्षण शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले आफु सुन्दरवन गएको समय सुन्दरवन ड्रिम नामक गैर सरकारी संस्थासित भेट भएपछि यता पहाड़मा पनि यस्तो ट्रेनिङ गराउन असल हुने भनेर प्रशिक्षणको लागि एक्सपर्टहरू बोलाएको बताएका छन्। उनले यसावधि खरसाङ, चिमनी देवराली र मंग्पु क्षेत्रबाट आएका मानिसहरू जम्मा २५-३० जनालाई आज प्रशिक्षण दिइएको र भोलि मिरिकमा सौरेनीमा आयोजना गरिने पनि बताएका छन्। उनले यस्तो प्रशिक्षण शिविर मानिसहरूका माग अनुसार विभिन्न स्थानहरूमा पनि आयोजना गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement