जलपाइगढी: आपनजन स्वयंसेवी संस्थाले गरिब क्यान्सर पीड़ित परिवारहरूप्रति सहयोगको हात बढाएको छ। जलपाइगढी नजिकै पर्ने डेंगुवाझारको पातकाटा कोलोनीका खेलन आचार्य लामो समयदेखि जटिल रोगबाट ग्रसित छन् ।एक छोरा र एक छोरीसहित श्रीमती टुम्पा आचार्यले दिसारी नर्सिङ ट्रेनिङ सेन्टरका शान्तनु शर्मासँग सहयोगको अपील गरेकी थिइन । शान्तनु शर्माले आपनजन स्वयंसेवी संगठन मार्फत उक्त परिवारलाई चामल, दाल, तेल, नुन, पीठो, सोयाबिन बिस्कुट, हर्लिक्स लगायतका खाद्यवस्तु सहयोग स्वरुप उपलब्ध गराएका छन्। संस्थाका नेता दीपक पाल र उनका सहकर्मीहरूले पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।