यस प्रश्नको जवाफ दिएर लारा दत्ता बनिन् मिस युनिभर्स

00-1-Lara-Dutta

मुम्बई: लारा दत्ताको जन्म १६ अप्रेल १९७८ मा गाजियाबादमा भएको हो। उनका बुबा एलके दत्त वायुसेनामा अधिकृत थिए। लाराका बाबु पञ्जाबी हुन् भने आमा एंग्लो इण्डियन हुन्। लाराले बलिउडमा डेब्यू गर्नुअघि नै निकै चर्चा कमाएकी थिइन्। फिल्ममा काम गर्नुअघि लाराले धेरै सौन्दर्य प्रतियोगिता जितिसकेकी थिइन्। सन् २००० मा मिस युनिभर्स बनेकी लारा सन् २००० मा मिस युनिभर्सको ताज जितेपछि रातारात चर्चित भइन्। यो प्रतियोगिता जित्नका लागि फाइनल राउण्डमा सबैलाई प्रश्न सोधिएको थियो र प्रतियोगीहरुको जवाफका आधारमा विजेताको निर्णय लिनुपर्ने थियो। यस्तै एउटा पेचिलो प्रश्न लारा दत्तलाई सोधिएको थियो, जसको उनले यति सुन्दर जवाफ दिएकी थिइन्, उनी प्रतियोगिताको विजेता घोषित भइन्।

मिस युनिभर्स प्रतियोगिता बाहिर विरोध भइरहेको छ, यसले महिलाहरूको अपमान गरेको छ भन्ने बारेमा लारालाई प्रश्न सोधिएको थियो। आफ्ना विपक्षीहरूलाई उनीहरू गलत छन् भनेर कसरी बुझाउने? यसको जवाफ दिँदै लाराले भनिन्, ‘मलाई लाग्छ, यस्ता प्रतियोगिताले हामीजस्ता युवा युवतीहरूलाई चाहेको क्षेत्रमा अगाडि बढ्न मद्दत गर्छ, चाहे त्यो व्यवसाय होस्, सशस्त्र बल होस् वा राजनीति होस्। लाराको यो जवाफ त्यहाँ उपस्थित जजलाई निकै मन परेको थियो जसका कारण उनले बाँकी प्रतियोगीलाई पछि पार्दै उपाधि जितिन्।

लाराले आफ्नो अभिनय यात्रामा ‘नो एन्ट्री’, ‘पार्टनर’, ‘मस्ती’, ‘भागम भाग’, ‘हाउसफुल’, ‘चलो दिल्ली’ जस्ता धेरै हिट फिल्म दिएकी छन्। उनले सन् २००३ मा अक्षय कुमारको अपोजिट फिल्म ‘अंदाज’ बाट फिल्मी संसारमा डेब्यु गरेकी थिइन्। यो फिल्म बक्स अफिसमा हिट साबित भयो। साथै, लारालाई यसका लागि बेस्ट फिमेल डेब्यूको लागि फिल्मफेयर अवार्ड पनि दिइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement