अग्नि सेवा सप्ताह २०२३-को शुरूवात

IMG-20230415-WA0360.jpg

गेजिङ: राष्ट्रिय पूर्वाधार विकासका लागि अग्नि सुरक्षा सचेतना’ भन्ने नाराका साथ ‘अग्नि सेवा सप्ताह २०२३ आजवाट शुरूवात भएको छ। यसै कार्यक्रम अन्तर्गत गेजिङ फायर स्टेशनको आयोजनामा गेजिङ जिल्ला अन्तर्गत मानेबुङ देन्ताम निर्वाचन क्षेत्रको बाङतेन वरिष्ठ माध्यमिक विधालयको खेलमैदान सचेतना मूलक कार्यक्रम आज सम्पन्न यो।
यस अवसरमा गेजिङ अग्नि सम विभागका स्टेसन प्रभारी भीम बहादुर गुरूङ,वार्ड पञ्चायत, स्कुल विकास समितिका सभापति, प्राचार्य, शिक्षक शिक्षीका, विधार्थी लगायत स्थानीय नागरिकहरूको उपस्थितिमा गेजिङ दमकलका कर्मचारीहरुले आगलागी हुदा के कस्तो उपायहरू अप्नाउनु पर्ने भन्ने विषयमा सचेत गराए।

सहप्ताको पहिलो दिन फायर स्टेसनले कर्तव्यको क्रममा ज्यान गुमाएका अग्निकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘शहीद दिवस’ मनायो। स्टेसन प्रभारी भीम बहादुर गुरूङले दिएको जानकारी अनुसार सप्ताहव्यापी यस कार्यक्रम अन्तर्गत गेजिङ स्टेसनले आगलागी नियन्त्रण क्षेत्र भित्रका विभिन्न शैक्षिक संस्था तथा व्यवसायिक क्षेत्रमा अग्नि सुरक्षा उपाय सम्बन्धी जनचेतनामुलक कार्यक्रम, निबन्ध प्रतियोगिता, निरीक्षण तथा प्रदर्शनीहरु संचालन गरिने बताए। सप्ताहव्यापी कार्यक्रम आगामी २० अप्रेलको दिन समापन हुने पनि उनले जानकारी दिए।

About Author

Advertisement