दार्जीलिङ: जनताको माया र आर्शिबाद पाए रातो बाटो र चिप्लो बाटो सवै कालो बाटोमा परिणत गर्नेछौ यो मन्तब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस-ले पोखेको हो। गितापलिङ निन्मङ समष्टिको हाम्रो पार्टी उम्मेद्वार राजेन तामाङको पक्षमा पार्टी अध्यक्ष अजय एडवार्डसले चूनावी प्रचार प्रसार गऱ्यो। बाटोको दुई किनारहरूमा उभिएर पार्टी अध्यक्ष अजय एडवार्डस अनि तिनको टीमलाई समर्थकहरूले भब्य स्वागत जनाए। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफुहरू सत्तामा नहुँदा पनि २२० वटा जति कच्चा रोडहरूको निर्माण गरेको जानकारी गराए। उपस्थित भीडलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले तपाईहरूको माया र आर्शिबाद पाए २२० वटा कच्चा रोड,जो अहिले रातो र चिप्लो बाटोको रूपमा रहेको छ ती बाटोहरूलाई हामी कालो बाटो बनाउने तिनले उपस्थित भीडको अधि संकल्प गऱ्यो। गितापलिङको प्राकृतिक सुन्दरतामाथि सरकारको नजर अहिलेसम्म पूगेको छैन रहेछ भन्दै यहाँको प्राकृतिक सुन्दरताको बारेमा विश्वलाई जान्नु पर्छ भन्ने अध्यक्ष एडवार्डसले बताए। तपाईको माया र आर्शिबाद अनि ईश्वरको आर्शिबादले यस पटक पहाडमा जनताको राज अवश्य आउने छ भन्ने अजय एडवार्डसले ठोकुवा गऱ्यो। स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई लेप्चा टोपी लगाएर भब्य स्वागत जनाए।










