सामा सिविक गाउँमा आइटीबीपीद्वारा सोलार स्ट्रिट लाइट जड़ान

IMG-20230415-WA0359.jpg

गान्तोक: भारत सरकारद्वारा सिमावर्ती क्षेत्रमा सञ्चालित नागरिक कार्य योजनाअन्तर्गत आज पूर्व सिक्किमको सामा सिविक गाउँमा भारत तिब्बत सीमा पुलिस बल (आइटीबीपी) १२ वटा सोलार स्ट्रिट लाइट जड़ान गऱ्यो। कार्यक्रमको अवसरमा आइटीबीपी १३ वाहिनीका सेनानी चन्द्न सिंह भण्डारीले आफ्नो सम्बोधन राख्दै आइटीबीपी-ले देशको सिमावर्ती क्षेत्रहरूको सुरक्षा मात्र नगरेर सिमावर्ती क्षेत्रका नागरिकका मनमा पारम्परिक विश्वास विकसित गर्नको साथै कल्याणार्थ हरसम्भव प्रयास गर्दै आएको बताए। यसको साथै आइटीबीपी-ले सिमावर्ती क्षेत्रका वासिन्दाहरूलाई लिएर स्वच्छता अभियान, वृक्षरोपन, स्वास्थ्य शिविर, ट्रेकिङ आदि कार्यक्रम पनि आयोजना गर्ने गरेको उनले थप बताए। सेनानी भण्डारीको भनाइअनुसार सिक्किम राज्यको सिमावर्ती क्षेत्रका वासिन्दाहरूले यस प्रकारका कार्यक्रमहरूको सक्दो लाभ उठाउँदै आएका छन्। यसरी नै आइटीबीपी-ले सिमावर्ती क्षेत्रका वासिन्दाहरूलाई भारत सरकारका विभिन्न कल्याणकारी योजनाहरू बारे अवगत गराउनुको साथै स्थानीय युवाहरूलाई आइटीबीपी तथा अन्य विभिन्न केन्द्रीय सशस्त्र बलमा भर्तीको निम्ति प्रोत्साहित गर्ने गरेको पनि उनको भनाइ रहेको छ।

सेनानी चन्दन सिंह भण्डारीले जानकारी गराएअनुसार आइटीबीपी-ले यस वर्ष छातेन, थाङ्गु र रे गाउँमा स्वास्थ्य शिविर साथै पशु चिकित्सा सिविर आयोजना गरिसकेको छ। विभिन्न जनकल्याणकारी कार्यक्रमअन्तर्गत रात्री समय स्थानीय गाउँलेहरूलाई आवागमनमा सुविधा होस भनेर आज सामा सिविक गाउँमा सोलार स्ट्रिट लाइट जड़ान गरिएको उनले बताए। यसरी नै आगामी दिनमा मुगुथाङ र थाङ्गुमा आइटीबीपी-ले १०-१० वटा सोलार स्ट्रिट लाइट जड़ान गर्ने कार्यक्रम रहेको पनि उनले थप जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement