गेजिङ: केरेमथाङ लोटस सोसाइटीले शुक्रबार भीमराव अम्बेडकरको १३२औं जन्म जयन्ती पालन गर्दै गाउँ सङ्गाइ अभियान गर्योम। सोसाइटीका अध्यक्ष आरबी राई, उपाध्यक्ष लक्ष्मण गुरुङ अनि वार्ड पञ्चायत इन्द्रबहादुर छेत्रीको अगुवाइमा सोसाइटीका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो। पहिलो तिमी समाजको बन अनि समाज तिम्रो बन्नेछ भन्ने उदेश्यले ग्रामीण भेगमा भएको असुविधालाई समाधान गर्न बाटो बनाइएको छ। मूलरुपमा ग्रामीण भेगबाट विद्यालय लाने नानीहरुका निम्ति बाटो सङ्गाइ र मर्मत गरिएको छ। बर्खायामको समय शुरु भएको र अत्यधिक पानी परेर बाटो हिँड्न विद्यार्थी नानीहरुलाई असुविधा हुने स्थानमा पुल र बाटो बनाउने कार्य गरेको छ। यस बाहेक आजको दिन १९४७-५१ सम्म भारत सरकारका कानून मन्त्री अनि पश्र्चिमी भारतको दलित परिवारमा जन्मेका अम्बेडकरको जन्म जयन्तीलाई मनाएको थियो। यसरी यस महत्त्वपूर्ण दिनको स्मरण गर्दै समाजका सभापति आरबी राइले उनको जीवनीमाथि जनसमाजलाई जानकारी गराउँदै अम्बेडकर भारत सरकारको कानून मंत्री रहेको र उनले भारतीय सम्विधान निर्माणमा प्रमुख भूमिका निर्वाह गरेर छुवाछुत विरुद्धको भेदभावलाई गैरकानूनी ठहराएको र कुशलतापूर्वक यसलाई सभा मार्ङ्गत अगाडि बढाउन मद्दत गरेको बताए। २ लाख दलितहरूसँगै बौद्ध अनुयायी बनेका अम्बेडकरको पुस्तक द बुद्ध एन्ड हिज धम्म १९५७ मा मरणोपरान्त प्रकाशित भयो, र यो २०११ मा द बुद्ध र हिज धम्म: ए क्रिटिकल संस्करणको रूपमा पुन: प्रकाशित भएको बताए। यसरी अम्बेडकरको जीवनबाट धेरै कुरा सिकेर आफ्नो समाज र गाउँको उन्नति गर्न सबैले हातेमालो गर्दै समाजिक सेवामा लागी पर्ने जानकारी दिए। स्मरण गराइन्छ कि समाजको स्थापना कालदेखी नै यहॉंका नागरिकहरु सामाजिक क्षेत्रमा लागी परेर आफ्नो कार्य गरिरहेको छ भने यहॉं नागरिकहरु कृषि ब्यवसाय र पशुपालना पनि संलग्न छन्।