आईपीएल २०२३:आरसीबी-को २३ रनले जीत, दिल्लीको दुर्दशा

IMG-20230415-WA0350.jpg

१५ अप्रेलः रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले आईपीएल २०२३-को म्याचमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गऱ्यो। आरसीबी-को यो चारवटा म्याचमा दोस्रो जीत हो। यसको विपरीत दिल्ली क्यापिटल्सले चाहिँ अहिलेसम्म ५ वटा म्याच खेलेर जम्मै हारेको छ। बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो। विराट कोहलीले ३४ बलमा सर्वाधिक ५० रन (६ वटा चौका र एउटा छक्का) बनाए। यसबाहेक महिपाल लोमरोरले २६, ग्लेन म्याक्सवेलले २४, कप्तान फाफ डू प्लेसिसले २२ र शाहबाज अहमदले अविजित २० रन बनाए। दिल्ली क्यापिटल्सका बलरहरूमा मिचेल मार्श र कुलदीप यादवले २-२ सफलता हासिल गरे। जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो। मनीष पाण्डेले ३८ बलमा सर्वाधिक ५० रन (५ वटा चौका र एउटा छक्का) बनाए। एनरिच नोर्खियाले अविजित २३ रन बनाए जबकि कप्तान डेविड वार्नर १९ रन बनाएर आउट भए। शीर्ष क्रममा पृथ्वी साव र मिचेल मार्शले खाता पनि खोल्न सकेनन्। आरसीबी-का बलरहरूमा आईपीएलमा पहिलो म्याच खेलिरहेका विजयकुमार वैशाखले सर्वाधिक ३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement