कोरोनाको १०,०९३ नयाँ मामिला, २३ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १०,०९३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४८,१८,११५ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले दिल्लीमा ५, महाराष्ट्र र कर्नाटक मा २-२ जना, राजस्थान र छत्तीसगढ मा ३-३ जना, हरियाणा, ओडिशा, तमिलनाडु र उत्तराखण्डमा १-१ जना अनि केरलामा ४ जना गरी कुल २३ नयाँ मृत्युसँगै यस रोगका कारण मृत्यु हुनेको संख्या ५,३१,११४ पुगेको छ। यसरी नै यस अवधिमा ६,२४९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४२,२९,४५९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६८% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ५७,५४२ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ५.६१ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ४.७८ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,७९,८५३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,४०,५७,६८५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ८०७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२६,३२४ जनाले यो खोप लगाइसकेको छन्।










