एक व्यक्तिद्वारा निर्ममतापूर्वक पत्नीको हत्या

51d063ad-7899-48fe-9d3f-d13f74335314

कोलकाता: दक्षिण २४ परगनाको सोनारपुरमा एक व्यक्तिले अवैध सम्बन्धको कारण आफ्नी पत्नीको कुटी कुटी हत्या गरेको छ। घटना शनिवार बिहानको हो।पुलिसले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ। उसको पहिचान ५८ वर्षीय अशोक देवनाथको रूपमा भएको छ। मृतकाको पहिचान ५५ वर्षीय मीनाको रूपमा भएको छ। मीनाको भाईले भेना विरूद्ध सोनारपुर थानामा लिखित शिकायत दर्ता गराएको छ, जसपछि अशोकलाई पक्राउ गरिएको छ। शनिवार बिहान घर पछाड़ीबाट मीनाको शव उद्धार गरियो, जसलाई पोस्टमार्टमको निम्ति पठाइएको छ। बारूईपुर पुलिस जिल्लाका डीएसपी मोहित मोल्लाले भने, शिकायतपछि जाँच शुरू भएको छ। आरोपितलाई पक्राउ गरिएको छ। पुलिस सूत्रहरू अनुसार, अशोकले पत्नीको हत्याको गरिएको कुरा स्वीकार गरेको छ। अशोककै अन्य महिलाको साथ अवैध सम्बन्ध थियो भनी थाहा लागेको छ, जसलाई लिएर दुवैबीच लडाई हुनेगर्थ्यो ।स्थानीय मानिसहरूले मीनालाई गत बुधवार अन्तिम पल्ट देखेका थिए। ३५ वर्ष पहिले दुवैले प्रेम विवाह गरेका थिए। उनीहरूको एक छोरा र छोरी छन्। छोरीको बिहे भएको छ भने छोरा कामको सिलसिलामा न्यूटाउनमा बस्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement