कामरूप: कामरूप (ग्रामीण) जिल्लान्तर्गत अमीनगाउँ मरियापट्टी क्षेत्रमा ब्रह्मपुत्र नदीमा नुहाइ रहेको समय डुबिरहेका तीन किशोर-किशोरीहरूलाई स्थानीय मानिसहरूको तत्परताले बचाइयो।
उनीहरूलाई अस्पतालमा भर्ती गराइएको छ। तीनैको पहिचान अमीनगाउँ मेदीपारा निवासी अम्बिका दास, जीतू दास र आनन्द हलदरको रूपमा गरिएको छ।