दार्जीलिङ: हिजो शुक्रबार नेपाली नयाँ वर्ष २०८० को पहिलो वैशाखको सुअवसरमा कालेबुङको एक संस्थाले गोर्खा एकताको आहवान गर्दै सबै संघ-संस्था,राजनैतिक दलहरू साथै विभिन्न जात-जातीहरूलाई लिएर महारैलीको आयोजना गरेको थियो। उक्त महार्यालीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्स पनि उपस्थित थिए। सम्पूर्ण गोर्खा समुदायलाई एकवद्ध गर्ने,कालेबुङको एक संस्थाद्वारा उठाएको पहललाई हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले राम्रो पहल को संज्ञा दिन्दै आभार जनाए।
यसै अवसरमा एडवडर्सले भने, ‘१.४ विलियन जनसङ्ख्या भएको हाम्रो देश भारतमा हजारौ जात,धर्म,भाषा भएका समुदायहरू बसोबासो गर्ने गर्छन।हामी नेपाली भाषी भएको हुनाले हामीले हाम्रो नेपालीपनलाई कहिले बिर्सिनु हुँदैन। हाम्रो जात, धर्म र राजनैतिक सोच र विचारहरू भिन्नाभिन्नै हुनसक्छ, तर हाम्रो परम्परा र संस्कृतिलाई कमजोर बनाउँने काम गर्नु हुँदैनl हाम्रो यो महान देश भारतमा हामी गोर्खाहरू अल्पसंख्यकमा छौं, तर हामी हाम्रो गौरवसँग जिउन सक्नुपर्छ, अध्यक्ष एडवाडर्सl’ उनले अझ भने, ‘हामी भारतीय गोर्खा नेपाली हौँ, हामीले हाम्रो देश भारतको रक्षा सँगसँगै खेलकुद, कला,कर्मचारीतन्त्र आदि जस्ता थुप्रै क्षेत्रहरूबाट योगदान पुर्याउँदै आईरहेका छौं अनि हामीलाई यसको निम्ति गर्व बोध पनि हुन्छl’