लिम्बू-तामाङको भावनासॅंग खेलेर भोट बटुल्ने काम मात्र भइरहेको छः येहाङ चोङ

Untitled-1-copy-74

गान्तोकः लिम्बू तामाङ भोलन्टरी कमिटी (एलटीभीसी) ले लिम्बू तामाङ कन्सल्टेशन कमिटीको रिपोर्ट सार्वजनिक गर्न माग गरेको छ। एलटीभीसीले राजधानीमा आज एक संवाददाता सम्मेलन आयोजन गरेर राज्य सरकार र लोक सभा सांसदलाई उक्त कमिटीको रिपोर्ट सार्वजनिक गर्न माग गऱ्यो। एलटीभीसी अध्यक्ष येहाङ चोङले लिम्बू र तामाङ जनजाति घोषणा भएको २१ साल भइसकेको, तर अहिलेसम्म सीट आरक्षण गर्ने कुनै छॉंट नदेखिएको बताए। प्रत्येक चुनाउमा राजनीतिक पार्टीहरूको घोषणा पत्रमा लिम्बू-तामाङको सीट आरक्षणको कुरा उल्लेख रहे तापनि अहिलेसम्म केही हात नलागेको उनले बताए। उनले लिम्बू-तामाङ समुदायका मानिसहरूको भावनासॅंग खेलेर भोट बटुल्ने काम मात्र भइरहेको आरोप लगाए। उनले लिम्बू-तामाङको सीट आरक्षणको सन्दर्भमा अहिलेसम्म धेरैपल्ट कमिटीहरू गठन गरिए तापनि अहिलेसम्म सार्थक काम हुन नसकेको बताए। उनले राज्यका वर्तमान लोक सभा सांसद इन्द्रहाङ सुब्बाको नेतृत्वमा पनि कमिटी गठन गरिएको, तर उक्त कमिटीले अहिलेसम्म एउटा सिन्का भॉंच्न नसकेको बताए। उनले वर्तमान सरकारले पनि लिम्बू-तामाङको भावनासॅंग खेलेर राजनीति गरिरहेको र जातीको समस्यालाई लिएर इमान्दार नरहेको आरोप लगाए।

उनले सांसद सुब्बाको अगुवाईमा गठन गरिएको कमिटीले लिम्बू-तामाङको सीट आरक्षणको निम्ति कस्तो फर्मूला तयार गरेको छ, त्यसलाई सार्वजनिक गर्न माग गरे। उनले गृह विभाग र मुख्यमन्त्री कार्यालयमा आरटीआई गर्दासमेत यसको उत्तर पाउन नसकेको बताए। कमिटीले उक्त रिपोर्ट कहिले सार्वजनिक गर्ने भनी उनले प्रश्न गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *