मिरिकबाट भाजपाका १० जना भागोप्रमोमा सामेल

IMG-20230415-WA0288.jpg

मिरिक: भारतीय जनता पार्टीका १० जना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनीहरूले आज जीटीएका कार्यकारी सभासद अरूण सिंगचीको बाहुलीबाट भागोप्रमोको झण्डा ग्रहण गरेका छन्। जसमा भाजपा जिल्ला समिति श्रमिक संगठनका सचिव रोदन छेत्री,ऋषि छेत्री, धिरेन प्रधान, दीप खवास, गौतम छेत्री, विनोद छेत्री, संजोग छेत्री, निजेन छेत्री, अमर प्रधान अनि सिद्धान्त छेत्री रहेका छन्। यस अवसरमा मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोले अनि भागोप्रमो सौरेनी समष्टिका सचिव विनय राईको पनि विशेष उपस्थिति रहेको थियो। समर्थन कार्यक्रमपछि बोल्ने क्रममा रोदन छेत्रीले आफूहरू हालसम्म भारतीय जनता पार्टीमा रहेर कार्य गरे तापनि भागोप्रमो तथा जीटीएका अध्यक्ष अनित थापाको राज्य सरकारसँग मिलेर काम गर्ने विचारलाई आत्मसाथ गर्दछौ भने। विशेष गरि जीटीए राज्य भित्रको व्यवस्था रहेको कारण राज्य सरकारसँग मिलेर नै काम गर्नु पर्ने भएको कारणले नै आफूहरूले भागोप्रमोको झण्डा समाएका बाताए।

यसका साथै सौरेनी क्षेत्रबाट निर्वाचित भएर जीटीएको कार्यकारी सभासदको रूपमा रहेका सभासद अरूण सिगचीले पनि क्षेत्रमा पार्टीगत रूपमा कसैलाई पनि नछुट्याई कार्य गर्दै आइरहेको अनि उनले सबै जनतालाई समान रूपमा हेर्दै आएकोले पनि आफूहरूले भाजपा छोडेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement