बिजनबारीमा जल जीवन मिसन अन्तर्गत हर घर जल योजना अनि आरआईडीएफ योजनाको शिलान्यास

IMG-20230415-WA0257.jpg

लिडरको पुरानो भर्सनले अब पहाड चल्दैन। नयाँ भर्सन पहाडमा स्थापित भएको छ: अनित थापा

बिजनबारी: जीटीएको प्रमुख कार्यपाल अनित थापाले आज रेलिङ खेल मैदानमा आयोजित एक समारोहमा रेलिङ कैजले अनि पूल बिजनबारी गोक समष्टिको विभिन्न स्थानहरूमा सञ्चालन हुने हर घर जल परियोजना अनि बाटोको विधिवत शिलान्यास गरेका छन्। उक्त शिलान्यास कार्यक्रममा अनित थापाले आफ्नो सम्बोधनमा लिडरको पुरानो भर्सनले अब पहाड चल्दैन। नयाँ भर्सन पहाडमा स्थापित भएको छ भनी बताएका छन्। उनले पुरानो भर्सन जाति अनि माटोमाथि गरिने भावनात्मक राजनीति हो तर अब नयाँ भर्सन भनेको विकासको मुद्दा हो भनी बताएका छन्। जीटीए चिफ् अनित थापाले भने, “हामी व्यावहारिक बन्नुपर्छ। जाति अनि माटोको कारण हिजोको दिन हामीले भावनात्मक भएर धेरै दुःख पायौं। अब नेताहरुको उक्साईमा जानु हुँदैन। लिडरको पुरानो भर्सनले अब पहाड चल्दैन। नयाँ भर्सन पहाडमा स्थापित भएको छ। पहाडमा अब पुरानो गीत चल्दैन। आउटडेटेड भएको छ। राजनीतिमा अब जाति र माटोको चर्चा हुँदैन। यो भर्सन आउटडेटेड भएको छ। काम अनि विकासको चर्चा हुनेछ। गाउँ बनाउने चर्चा हुनेछ। चौरास्तालाई पुरानो गरिमामा फर्काएर ल्याउने जस्ता काम हुनेछ।” उनले अघि भने, ‘हामीले गर्नु नसक्ने कुनै कुराको वचन दिएका थिएनौं। त्यही वचन अनुसार हामी काम गरिरहेका छौं।’
हर घर जल योजना परियोजना बिजनबारीको लामा गाउँमा ६.८१ करोडको, बिजनबारीमा ३.२९ करोडको, गोकमा ८.२० करोडको, रेलिङमा ८.३२ करोडको, चैन पुरेमा ०.७७ करोडको, समलबुङमा ११.६८ करोडको, अपर अनि लोवर सुम्बुकमा २.७० करोडको, दाङ्गियामा ४.६७ करोडको लागतमा योजनाको आवन्टन गरिएको छ। त्यसरी नै आरआईडीएफ अन्तर्गत पूल बजार खण्डमा लिङ्गीया पूल हुँदै न्यू रोडदेखि पावर हाउससम्म पुग्ने बाटोको मरमत्ति अनि निर्माण कार्य २.१९ करोडको लागतमा हुनेछ। पानीको योजना विषय चर्चा चलिरहन्छ। यो योजना माथिबाट त्यसै आउँदैन। जीटीएका इन्जिनियरहरूले डिपिआर तयार गरेर राज्य अनि केन्द्र सरकारलाई बुझाएर मात्र आएको हो भनी उनले बताए।
बिजनबारीमा अब काम सुरु हुनेवाला छ। हामी योजनालाई सार्वजनिक घोषणा गरेर गर्दैछौ। तर सुरु नै नभएको काम को यहाँ चर्चा हुँदैछ भन्दै उनले आफ्ना विपक्षीलाई कटाक्ष गरे।
हामी हार्दा पनि आत्तिएनौं, जित्दा पनि मात्तिएनौं।हामी विचारको परिवर्तनको अभियानमा छौं। पहाडमा वातावरण राम्राे बनिएको छ। यस वातावरणको सदुपयोग गर्नु सक्नु पर्छ। स्वच्छ वातावरण को कारण पर्यटन बढेर गएको छ, स्कूलमा नानीहरूले राम्ररी पढ्नु पाउँदैछ भन्दै उनले भने, “पहाड अब बन्द हुनेछैन्। हामीले बन्दको राजनीति बन्द गरिसकेका छौं।”
नेपालको बहुचर्चित पोएट आइडलको फाइनलमा पुगेका कवि पल्लविवको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो। पल्लाविवले उपस्थित समुहलाई सम्बोधनमा भने, ” सिक्किमका कविलाई सहयोग गर्न तीन गाडी त सरकार नै काठमाडौं आईपुगेका थिए। तर म पनि टुहुरो थिइन्। अनित थापा ज्युले मेरो निम्ति सहयोग गरिदिनु भयो।” यस अवसरमा पल्लविवले भोटको अपिल पनि गरेका थिए।
शिलान्यास कार्यमा जीटीएका मुख्य सचिव एस पुनबलाम, जीटीए सभाका डेपुटी चेयरम्यान राजेस चौहान, सभासदहरु सतीश पोख्रेल, भूपेन्द्र क्षेत्री, सन्दिप क्षेत्री, प्रमोशकर ब्लोन, सल्लाहकार अमर लामा अनि साम्देन डुक्पा, एक्सेक्युटिव डिरेक्टरको विशेष उपस्थितिमा सम्पन्न भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement